Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमा


    सोमबार, जेष्ठ २९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

    विभागीय मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा.कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।

    कारबाहीमा पर्नेमा सहसचिव १ जना, उपसचिव २३ जना, शाखा अधिकृत ३६ जना र नासु तथा सहायकस्तरका कर्मचारी ४१ जना रहेका छन् ।

    कारबाहीमा परेका कर्मचारीहरुको आजको हाजिरीमा रातो लगाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार