Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढी धूँवा फाल्ने १५ वटा गाडिका चालक कारबाहीमा


    बुधबार, बैशाख १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा गाडिका चालक कारबाहीमा परेका छन् । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बबरमहलमा आज गरेको प्रदुषण चेकिङका क्रममा उनीहरु कारबाहीमा परेका हुन् ।

    जसमा बस ७ वटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ वटा सवारी साधन रहेका छन् ।

    २५ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार