Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • टर्की पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी, एक महिला पक्राउ


    मंगलबार, असोज ९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले उनलाई पोखराबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छन् ।

    भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए । भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

    काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार