काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले केही व्यापारिक घरानाको रुचिअनुसार निकुञ्ज क्षेत्रभित्र केबलकार, रिसोर्ट, होटल, तथा ठूला जलविद्युत् कम्पनी खोल्ने गरी नियमावली ल्याउन ढिलाइ हुने भएपछि कार्यविधि बनाउने पहल थालेका छन् ।
नियमावली मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने र मन्त्रिपरिषद्मा त्यसको औचित्य पुष्टि गर्नुपर्ने भएकाले मन्त्री महतोले मन्त्रालयबाटै निर्णय हुने गरी कार्यविधि बनाउन सचिवलगायतका कर्मचारीलाई दबाब दिन थालेको वन मन्त्रालयस्रोतले जानकारी दिएको छ ।
कार्यविधि मन्त्रालयमा मन्त्री तथा सचिवस्तरीय निर्णय गराएर ल्याउन सकिने भएकाले यसमा मन्त्रीको आदेश चल्छ त्यसैले तत्काल कार्यविधि ल्याएर निकुञ्ज क्षेत्रमा केबलकार, रिसोर्ट, होटल तथा ठूला जलविद्युत् कम्पनी खोल्न सहज हुने वातावरण बनाउन मन्त्रीले सचिवलगायतका कर्मचारीलाई दबाब दिइरहेका छन् ।
‘मन्त्रीको ध्याउन्न वन तथा वातावरणको सुधारमा भन्दा पनि कसरी हुन्छ केही व्यपारीलाई पोस्ने र त्यसबाट मनग्य फाइदा लिनेमा नै केन्द्रित देखिन्छ’ –वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले भने । वनमन्त्रीले वनमा देखिएका समस्या र त्यसका समाधानका उपायका बारेमा मन्त्रालयमा गम्भीरतापूर्वक छलफल गर्ने र त्यससम्बन्धी महत्वपूर्ण नीति र योजना बनाउनेतर्फ खासै ध्यान दिन नसकेको ती अधिकारीले गुनासो गरे ।
यसअघि वनमन्त्री महतोकै योजनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले पनि नियमावली बनाउने कार्यमा साथ दिएको भन्दै ढुंगानाको समेत आलोचना हुँदै आएको छ । मन्त्रलाय स्रोतका अनुसार केही समयअघि आएका वन सचिव डा। दीपक खराल पनि वन सुधारको विषयमा मन्त्री महतोसँग छलफल गर्न सकिरहेका छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend