Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ : सरकार


    बिहिबार, असोज ४ २०८०
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले विगतमा शिक्षहरुसँग भएका सहमतिबाट पछि नहट्ने दाबी गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।

    बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट धारणा राख्दै शिक्षक महासंघले अहिले राखेका मागमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको समेत बताए । ‘शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी छन्’, उनले भने,‘ त्यो विषयमा उहाँहरुसँग छलफल र वार्ता गरेर यी–यी विषय हामी शिक्षा नियमावलीमा सम्बोधन गर्छौ भनेर भन्न सकिन्छ ।’

    अर्को निजमति सेवा सरहको पेन्सनको सवालमा २०७६ सालदेखि लागु हुनेगरी भनेर शिक्षा मन्त्रालयले परिपत्र गर्नेवित्तिकै कार्यान्वयनमा जाने कार्यबहाक प्रधानमन्त्री खड्काले बताए ।

    ‘यो पनि उहाँहरुको माग छ यसमा पनि हामीले सल्लाह गरेका छौ यसमा कुनै समस्या छैन’, खड्काले आन्दोलनरत शिक्षकहरुका मागबारे व्रिफिङ गर्दै भने, ‘बीचमा उहाँहरु छलफलमा बस्नुभएको भए धेरै कुरा क्लियर हुन्थ्यो । उहाँहरुले पनि भन्न पाउनुहुन्थ्यो ।’

    मन्त्री खड्काले शिक्षकहरुको मागबारे समग्रतामा समाधान निस्कने बताए । ‘शिक्षकहरुको मागमा समग्रतामा समाधान निस्कन्छ । पार्टीका तर्फबाट पनि यही कुरा नेताहरुले भनिदिनुस् । पहिला सहमति भएका कुराबाट सरकार पछि हट्दैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार