Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्री ज्वालाले गरे द्रूत बस सेवाका लागि बनेको लेनको अनुगमन


    मंगलबार, असोज २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भोलि संविधान दिवसका दिन काठमाडौंको रत्नपार्कबाट भक्तपुरको सुर्यविनायकसम्म संचालन हुन गइरहेको द्रुत बस सेवाको लागि निर्माण गरिएको सडक लेनको आज अनुगमन गरेका छन् ।

    नेपालको इतिहासमै पहिलो पटक सञ्चालन हुन लागेको द्रुत बस सेवा भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म पाइलट प्रोजेक्टकका रुपमा बुधबार उद्घाटन हुन लागेको हो ।

    हाललाई २५ वटा सार्वजनिक बस चल्नेछन् भने निकट भविष्यमा विद्यालयका बसहरु पनि द्रुत बस लेनबाट चल्ने छन् । सो बस सेवाको भोलि बिहान ९ः३० बजे रत्नपार्कको शान्तिवाटिकामा उदघाटन हुने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार