Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सफल हेल्थ होम दशौं वर्षमा प्रवेश, निःशल्क उपचारको घोषणा


    मंगलबार, असोज २ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । नसा च्यापिएको, घुँडा दुख्ने, टाउको दुख्ने, एन्जाइटी, डिप्रेसन लगायतका रोगको उपचार गर्दै आएको आयुर्वेदिक अस्पताल सफल हेल्थ होम सोमबारदेखि दशौं बर्षमा प्रवेश गरेको छ ।

    दशौं बर्षमा प्रवेश गरेको अवसरमा अस्पतालका डा. विशाल श्रेष्ठ, डा.विजय ज्ञवाली लगायतका चिकित्सक तथा कर्मचारीहरूले सोमबार अस्पताल हाताभित्र कार्यक्रम गरेर उत्सव मनाएका थिए । उक्त कार्यक्रममा उनीहरूले केक काटेर खुशीयाली मनाएका थिए ।

    दशौं बर्ष प्रवेश गरेको अवसरमा अस्पतालले आइतबार, सोमबार र मंगलबार तीन दिन बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, निः शुल्क रगत परीक्षण तथा औषधि बितरण समेत निःशुल्क रुपमा गरिएको डा.श्रेष्ठले बताए ।

    ललितपुरको बालकुमारीमा रहेको सफल होममा १५ वटा शैया रहेका छन् तर हाल १०जना विरामी भर्ना भएको अस्पतालले जनाएको छ । डा. श्रेष्ठका अनुसार अस्पतालले आयुबेर्दिक, अञ्कुपञ्चर, फिजियोथेरापी, न्यूरोमेडिसियन लगायतका विधिबाट विरामीहरूको उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार