काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यतिबेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन् । रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन् । उनीहरू हरेक दिन बिहानैदेखि योगामा व्यस्त हुन्छन् ।
रिसोर्टको खुला र घाँसे मैदानमा हिमालतिर फर्केर योग गर्छन् । केही समय गाउँ डुल्छन् । बचेखुचेको समय पोखरा र आसपासका ठाउँ र हिमाल हेरेर दिन बिताउँछन् ।
पर्यटन व्यवसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ । अबका तीन महिना (सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यवसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन् ।
यतिबेला पोखराबाट उत्तिसारो हिमाल खुलेको नदेखिए पनि आसपासका ग्रामीण र उच्च भेगबाट भने हिमाली शृंखला सहजै देख्न सकिन्छ । पर्यटन व्यवसायीले यो सिजनसँग निकै अपेक्षा गर्छन् । अघिल्ला सिजनमा ॐ पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यवसायी बसिरहेका छन् ।
व्यवसायीका अनुसार मौसम अनुकूल हुने हुँदा यो बेला विदेशी पाहुना नेपाल घुम्न रुचाउँछन् । नेपालमा हुने साहसिक गतिविधिमा रमाउने ती पाहुनाको चाहना हुन्छ ।
पदयात्रादेखि पाराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट बेलुन जस्ता गतिविधिमा रम्ने ती पाहुनाको चाहना हुन्छ । अबका तीन महिना नेपालमा साहसिक गतिविधिमा रमाउने पाहुना आउने गरेको व्यावसायी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना...
धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend