काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी सङ्ख्या १२ लाख पुग्ने देखिन्छ ।
यस आधारमा ल्याएको कार्ड छाप्न बाँकी रहेको छाप्दा नै सकिन्छ । नयाँ आउनेको समस्या फेरि फेरि दोहोरिने सम्भावना छ । जर्मनीबाट ल्याउन लागिएको १२ लाख प्रति कार्ड पनि छ/छ लाख गरी दुई चरणमा ल्याइने र पहिलो पटक ल्याएको ८५ दिनमा सबै कार्ड आइसक्ने विभागमा प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए तर डेढ महिनामा आउने भनिए पनि कुन दिन कार्ड आउँछ भन्ने कुरामा विभाग आफैँ अनभिज्ञ छ।
प्रशासनिक व्यवस्थापनको कमजोरीका कारण वर्षौंदेखि लाइसेन्स छपाइको समस्या रहिरहेको यातायात व्यवसायी बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले भने, “लाइसेन्सका विषयमा धेरै राजनीति भएको छ । यो ठुलो विषय पनि होइन, लाइसेन्सको काम प्रदेश सरकारले गर्ने, छाप्ने काम विभागले गर्ने हुँदा पनि समस्या भएको हो । यो प्रशासनिक जटिलताले गर्दा आएको समस्या हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend