काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षामा पहिला १० देखि १५ प्रतिशत मात्र उत्तीर्ण हुन्थे । हाल ३० देखि ३५ प्रतिशतसम्म उत्तीर्ण भएका छन् ।
पुरानो परीक्षा प्रणालीमा हरेक आइतबार आठ सयको सङ्ख्यामा सेवाग्राही हुन्थे भने हाल झन्डै ५० प्रतिशतले घटेको छ । अन्य बारमा पहिला पाँचदेखि छ सयसम्म हुन्थ्यो भने अहिले दुईदेखि तीन सयसम्मको सङ्ख्यामा सेवाग्राही आएका छन् ।
कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले भने “अहिले पास गर्नेको सङ्ख्या झन्डै ४० देखि ५० प्रतिशतले बढेको छ । पास धेरै भएर फाराम भर्नेको सङ्ख्या घटेको छ । सेवा प्रवाहमा धेरै सहज भएको छ । सेवाग्राहीलाई पनि धेरै सजिलो भएको देखिन्छ ।”
यातायात व्यवस्था विभागले पनि ७० अङ्क ल्याएपछि उत्तीर्ण हुने व्यवस्थाले सेवाग्राही बढेको जनाएको छ । पहिलो एक सय अङ्क नै ल्याउनुपर्ने व्यवस्थाले विभागमा लाइसेन्स प्रिन्ट गर्नेको सङ्ख्या कम हुने गरेकोमा अचेल उक्त सङ्ख्या बढेको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “अहिले देशभरबाट दैनिक छरसात हजारको हाराहारीमा सेवाग्राही हुनुहुन्छ । पहिलाको अनुपातमा यो सङ्ख्या बढेको हो ।”
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीले ट्रायल परीक्षामा नयाँ व्यवस्था गत फागुन २ गतेदेखि लागु गरेको थियो । अन्य प्रदेशमा पहिले नै लागू भइसकेको थियो ।
बागमती प्रदेश मन्त्रालयले चार वटा कार्यालय ठूलोभ(याङ, एकान्तकुना, चाबहिल र हेटौँडा कार्यालयबाट एकैसाथ लागु गरेको थियो । कार, स्कुटर र मोटरसाइकलको लाइसेन्सका लागि मात्र नयाँ व्यवस्था लागु गरिएको छ । नयाँ व्यवस्था अनुसार अङ्ग्रेजी आठ अक्षर अङ्कित घुमाउरोमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुँदैन तर पाँच अङ्क घट्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend