काठमाडौं । कार्ड अभावले चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् ।
विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिनेछ । पर्याप्त कार्ड नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको छ । प्राप्त कार्ड पर्याप्त भने होइनन् । परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ ।
म्युह्लवार कम्पनीले १२ लाख कार्ड छाप्ने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ । जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार आइपुगेका हुन् । बाँकी ६ लाख कार्ड ४५ दिनभित्र आइपुग्ने विभागले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend