काठमाडौं । कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् ।
उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ ।
अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ । विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक लाइसेन्स परीक्षा उत्तीर्ण र नवीकरण गर्नेको संख्या ४ देखि ५ हजारसम्म छ । तर कार्ड अभाव भएकाले उनीहरूले कहिले लाइसेन्स पाउने भन्ने टुंगो छैन ।
सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नुपर्ने कार्ड संख्या थपिएको थपियै छ । छाप्न बाँकी लाइसेन्स कार्डको संख्या झन्डै १४ लाख पुगिसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend