Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु


    शुक्रबार, भाद्र २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मोरङको बूढीगंगामा शुक्रबार दिउँसो १ जनाको ज्यान गएको छ।

    बूढीगंगा गाउँपालिका-६ तिलाठीस्थित मोदा खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर १९ वर्षीय अजित चौधरीको मृत्यु भएको हो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले माछा मार्नका लागि २४ वर्षीय बलराम पण्डितसँग मिलेर बाटोमा रहेको बिजुलीको पोलबाट विद्युत ‘हुक’ गरी खोलामा करेन्ट प्रवाह गरेको खुलेको छ।

    त्यस क्रममा करेन्ट लागेर दिउँसो ३:५० बजेतिर चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ४:४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

    चौधरीसँग मिली खोलामा करेन्ट लगाएर माछा मार्ने कार्यमा संलग्न पण्डितलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार