Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • लागु औषधको कारोबार गरेपछि अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल पक्राउ


    शुक्रबार, भाद्र २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। अस्ट्रेलिया चर्चित पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रतिबन्धित लागू औषध कोकिन ओसारपसार गरेको आरोपमा ५२ वर्षीय म्याकगिललाई प्रहरीले पक्राउ गरेको छ ।

    म्याकगिलले ठूलो परिमाणमा कोकिन ओसारपसार गरेको प्रहरीको दाबी छ । म्याकगिल आफ्नो समयका चर्चित स्पिनर हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेका छन् । देशका लागि ४४ वटा टेस्ट खेलेका उनले दुई सय आठ विकेट लिएका छन् ।

    टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय आठ रन दिएर आठ विकेट हो । उनले अस्ट्रेलियाका लागि एकदिवसीय प्रतियोगिता भने तीनवटा मात्र खेलेका छन् । एकदिवसीय प्रतियोगितामा उनले ६ विकेट लिएका छन् । एकदिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन १९ रन दिएर चार विकेट हो ।

    उनलाई प्रहरीले सिड्नीबाट पक्राउ गरेको हो । सन् २०२१ मा म्याकगिलमाथि कुटपिट भएको प्रकरण सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले अनुशन्धान सुरु गरेको थियो । सोही क्रममा उनी आफै लागू औषध कारोबारी भएको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

    म्याकगिलले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । उनीसँगै अन्य केही ब्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । उनले तीन लाख अमेरिकी डलरको कोकिनको कारोबार गरेको प्रहरीको दाबी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार