Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीको प्रदेश नीति तथा योजना आयोगको सदस्यमा मैनाली नियुक्त


    बुधबार, भाद्र २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बामगती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा कालिञ्चोक गाउँपालिकाका डा.प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई नियुक्त गरेको हो ।

    बैठक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा १ बमोजिम प्रदेशसभाको सचिवालय सचिव पदमा पूर्णबहादुर दर्जी (अधिकृतस्तर एघारौं तह) लाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार