Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतको राजस्थानमा बसलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु


    बुधबार, भाद्र २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

    गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।

    जयपुर-आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिगि्रएर रोकिएको थियो । त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार