Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषणा


    मंगलबार, भाद्र २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। शिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

    सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड ‘क’ देखि ‘च’ सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार