Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरक्को भूकम्प: मृत्यु हुनेको संख्या २८ सय पुग्यो


    मंगलबार, भाद्र २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मोरक्कोमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ८ सय पुगेको छ भने अन्य ३ हजार जना घाइते भएका छन्। अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन्।

    भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतिरिनुपरेको पीडा पोखेका छन्। सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूको गुनासो छ।

    भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एक जना पीडितका अनुसार करिब दुई सय जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेला परेको छ भने अन्य हराइरहेका छन्। ‘यो गाउँका मानिस या त अस्पतालमा छन् वा जीवित छैनन्,’ बिलौना गर्दै हसन भन्छन्।

    भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ। परम्परागत घरका इँटा र ढुङ्गा बाटामा असरल्ल छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार