Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ६ जिल्लाका सीडीओ फेरिए, अध्यागमनको महानिर्देशकमा तामाङ


    सोमबार, भाद्र २५ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो ।

    तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

    त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको सीडीओ बनाइएको छ ।

    उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

    रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याइएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको छ ।
    त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

    त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार