Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • माल्टा भनेर इराक पुर्‍याइएका ४ नेपाली महिला बन्धक


    सोमबार, भाद्र २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका चार नेपाली महिलालाई इराकमै बन्धक बनाएर राखिएको छ ।

    उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । सिन्धुली र काभ्रेबाट भिजिट भिसा मार्फत दुबई पुगेका थिए । दलालहरूले माल्टा पटाइदिने भन्दै उनीहरूलाई भिजिट भिसामा दुबई लगेका थिए । त्यहाँबाट माल्टा भन्दै इराक पुर्‍याइएको हो ।

    इराक पुर्‍याइएका उनीहरूको उद्धारका लागि प्रति व्यक्ति ८ हजार अमेरिकन डलर पैसा माग गरिएको छ । इराकमा रहेको कम्पनीले प्रति व्यक्ति ८ हजार डलरमा किनेको भन्दै उक्त पैसा तिरेमा उनीहरू नेपाल फर्किन पाउने बताएको हो ।

    बन्धक बनाइएकाहरूका आफन्तले उद्धार गरिदिन विभिन्न निकायमा गुहार माग्दै आएका छन् ।

    ‘युवतीहरूलाई थुनेर राखेको छ । बोलेको सुन्यो भने फोन खोसेर राख्छ । तिम्रो मान्छे लैजाने भए ८ हजार डलर तिरेर लैजाऊ भनिरहेको छ । हामीले २ वर्षका लागि ८ हजार डलरमा किनेको हो भनिरहेको छ । पैसा तिरेको खण्डमा मात्र नेपाल पठाउने भनिरहेको छ,’ पीडितका एक आफन्तले भने ।

    उनीहरूलाई नेपालबाट केही दिन अगाडि मात्रै भिजिट भिसामा दुबई लगिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार