झापा। ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय प्रहरीले नेपाल -भारत सिमाना नजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रदेश १-०१-०१३ प ४२५१ नम्बरको स्कुटरमा सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा पानीट्याङ्की आउट पोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । ब्राउन सुगर, स्कुटर र नगदसहित पक्राउ परेका दुवैजनालाई पश्चिम बङ्गाल प्रहरीले सिलगढी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend