Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा पहिरोले केआईसिंह राजमार्ग अवरुद्ध


    आइतबार, भाद्र २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका-२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

    शनिबार रातिदेखि पहिरो खस्ने क्रम जारी रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरामै रोकिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार