Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष लिङ्देन भन्छन्- शिर ठाडो पारेर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो 


    शुक्रबार, भाद्र २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।

    सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लिङ्देनले भने,‘ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।’

    लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए । यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार