Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्दै


    शुक्रबार, भाद्र २२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक पारित गर्ने तयारी छ ।

    प्रदेश सभाको कार्यसूची अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार