Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई


    मंगलबार, भाद्र १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस नेता डा. चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् । उनीहरू मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेका हुन् ।

    निकटस्थ स्रोतका अनुसार भेटमा खाणले डा.भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए । डा. भण्डारी घरमै खाना पकाउने ग्यास पड्किँटा घाइते भएर उपचार गराइरहेका छन् ।

    डा. भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ । दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको थियो ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार