Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कोसी सरकारविरुद्धको रिटमा आज प्रतिवादीको बहस


    मंगलबार, भाद्र १९ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध विपक्षी दल नेकपा (एमाले)को रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ ।

    निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको स्रोतले बतायो।

    सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।

    आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ ।

    बुधबार (भोलि)सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार