काठमाडौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले बिदाको दिन पास बिना सरकारी गाडी चलाउन नपाइने भन्दै विज्ञप्ति मार्फत टिप्पणी गरेको छ।
मेयर बालेन शाहकी पत्नी सबिना काफ्ले चढेको गाडी रोकेको विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति जारी गरेको हो।
‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ। यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ,’ विज्ञप्तिमा भनिएको छ।
गृहको निर्देशन अनुसार नै स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको प्रशासनले जनाएको छ।
पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा अवरोध नपुर्याउन अनुरोध गरेको छ। विज्ञप्ति जारी गर्दै प्रशासनले कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन र वक्तव्यबाजी नगर्न पनि अनुरोध गरेको हो।
‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउनुहुन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ।’
शनिबार राति करिब ९ बजे कोटेश्वरमा बालेन पत्नी चढेको सरकारी गाडी चेकिङमा परेको थियो। त्यस विषयलाई लिएर मेयर बालेनले सिडिओ जितेन्द्र बस्नेतलाई सम्पर्क गरेका थिए भने सामाजिक सञ्जालमा समेत आक्रोश पोखेका थिए। यसै विषयमा मेयर शाहको सचिवालय समेतले विज्ञप्ति जारी गरी अनावश्यक केरकार गरेको जनाएको थियो।
तर ट्राफिक प्रहरी र प्रशासनले कुनै पनि अनावश्यक प्रश्न नसोधेको र नियमित चेकिङ गरी मेयर पत्नी चढेको गाडी रहेको जानकारी पाएपछि छाडिएको बताएको थियो।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend