Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मेयर बालेनका जुम्ल्याहा छोरी एक साताअघि नै जन्मिएका थिए


    आइतबार, भाद्र १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पत्नी सबिनाले एक साताअघि नै जुम्ल्याहा छोरी जन्माएको खुलेको छ। ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक सातअघि नै दुई छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ ।

    जुम्ल्याहामध्ये एक छोरी मात्र जीवित रहेको र ति शिशुको एनआईसीयूमा उपचार भइरहेको बताइएको छ । सबिना भने दुई दिनअघि नै डिस्चार्ज भएको र छोरीलाई अझै किहीदिन अस्पतालमै राख्नुपर्ने भनिएको छ ।

    अस्पताल स्रोतले दिएको जानकारीअनुसार समय नपुग्दै सबिनालाई बेथा लागेको थियो । त्यसपछि अस्पताल भर्ना गरिएको थियो ।

    आफ्नो सन्तानको जन्मबारे बालेनले ‘मलाई यसबारे कसैलाई जानकारी दिनु छैन, मिडियामा पनि प्रचार गर्नु छैन, यहाँबाट पनि कुनै जानकारी बाहिर नजाओस् भनेर’ अस्पतालसँग सहमति गराएको स्रोतले बतायो ।

    छोरी अस्पतालको एनआईसीयूमा नै राखिएकाले सबिना शनिबार दिउँसो अस्पताल पुगेर फर्किएको बताइएको छ । महानगरपालिकाको सरकारी गाडीमा रहेको र सोही गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।

    सोही घटनालाई लिएर बालेनले आगामी दिनमा महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए। बालेनले उक्त धम्की फेसबुक स्टाटस लेखेका थिए । त्यहिँ स्टाटसको व्यापक आलोचना भएपछि आइतबार बिहान बालेनको अफिसियल मिडियाको रुपमा प्रयोग हुँदै आएको रुटिन अफ नेपाल बन्दले बालेन दम्पतीलाई लक्ष्मी प्राप्त भएको भन्दै बधाईसहितको पोष्ट राखेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार