काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिएका छन् । एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताएका छन् । ‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुपर्यो रु’
अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।
उनले भने, ‘तपाईँहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।’
अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए । ओलीले पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र सम्बृद्धिका विरोधीसँग हुने बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend