Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • खोलाले बगाउँदा दुई जनाको मृत्यु


    शनिबार, भाद्र १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। देशका विभिन्न स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देउवाटोल बस्ने नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाई आज शनिबार बिहान मृत्यु भएको छ ।

    बाख्रा चराउन जानको लागि खोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

    उता बर्दियाको मधुबन नगरपालिका-२ खाता बस्ने २६ वर्षीया रबिना चौधरीको सोही ठाउँस्थित औरही खोलाले बगाई आज दिउँसो मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार