काठमाडौँ। सूर्यको अध्ययन गर्न भारतले पहिलो अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ।
आज शनिबार चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटाबाट भारतले आदित्य-एल वानको सफल प्रक्षेपण गरेको हो।
चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई सातामै भारतले सूर्यको अध्ययनका लागि अर्को मिसन पठाएको हो।
आदित्य-एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर (९ लाख ३० हजार माइल) टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्छ। उक्त बिन्दुलाई एल वान भनिन्छ।
यो अन्तरिक्षयानमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जनाएको छ।
प्रक्षेपण गरेको एक घन्टापछि इसरोले यसलाई सफल प्रक्षेपण भनेको छ। आदित्य-एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने बीबीसीले जनाएको छ।
एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ। पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको हो।
एल वान विन्दुमा स्थापित भइसकेपछि यसले सूर्यलाई निरन्तर अवलोकन गरिरहने इसरोले जानकारी दिएको छ।
Aditya-L1 started generating the power.
The solar panels are deployed.
The first EarthBound firing to raise the orbit is scheduled for September 3, 2023, around 11:45 Hrs. IST pic.twitter.com/AObqoCUE8I
— ISRO (@isro) September 2, 2023
‘यसबाट सौर्य गतिविधिलाई अवलोकमा पहिलेभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ,’ इसरोले एक्समार्फत् भनेको छ।
यसले वायुमण्डलको अध्ययन गर्नेछ। पृथ्वीबाट अध्ययन गर्न नसकिने विकिरणहरूको अध्ययन गर्ने बिबिसीले जानकारी दिएको छ। भारत सरकारले सन् २०१९ मा यो परियोजना स्वीकृत गरेको थियो।
यद्यपि, नासा र युरोपियन स्पेस एजेन्सीले पनि यसअघि सूर्यमा मिसन पठाएको थियो।
यस्तै भारत अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्षयान अवतरण गर्ने पहिलो देश बनेको थियो।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend