Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री बस्नेतले भने- विधुत विधेयक छिटै संसद‍्मा पेश हुन्छ


    शुक्रबार, भाद्र १५ २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि विधुत विधेयक छिटै संसद‍्मा पेश गरिने दाबी गरेका छन्।

    शुक्रबारदेखि काठमाडौंमा सुरु नेपाल पावर,लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिटै विधुत विधेयक पेश गर्ने र अहिलेको अधिवेशनबाट नै टुङ्गाउने बताएका हुन्।

    विधुत विधेयकले ऐनको रुप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको बृद्धिदेखि प्रसारणलाईको विस्तारका साथै वितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनले बताए।

    उनले मुलुक इलेक्ट्रिक भेइकल(इभि)को युगमा प्रवेश गरेको भन्दै सहज रुपमा चार्जिङ गर्न सवै रुपमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना गरेको बताउनुभयो । ऊर्जा उत्पादन बढ्दै जादा यसको खपत बढाउनका लागि इभिका प्रोत्साहन गरिने उहाको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार