Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको टिप्पणी- एमालेभित्र धाँजा परेको छ, जुनसुकै बेला विस्फोट हुने अवस्था छ


    बिहिबार, भाद्र १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेभित्र धाँजा परेको टिप्पणी गरेका छन् ।

    नेतृत्व (अध्यक्ष केपी ओली)का कारण कार्यकर्ता हैरान भएर विस्फोट हुने अवस्था आएको उनले उल्लेख गरे ।

    समाजवादी मोर्चाको कर्णाली प्रदेश भेलालाई आज सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेभित्र तीव्र असन्तुष्टि बढेको बताएका हुन् ।

    ‘म अहिले नाम लिएर भन्दिनँ, आफूलाई ठूलो पार्टीको नेता भन्नेका कारण प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान/परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा पुगेको छ । त्यसबाट कम्युनिस्ट आन्दोलनको नयाँ धु्रवीकरण शुरू हुने मेरो विश्वास छ,’ प्रचण्डले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार