Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० किलो सुन काण्डमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू


    बुधबार, भाद्र १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल चर्चित रहेको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

    आयोगले उक्त सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

    ‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरुको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरू भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुमध्ये केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।’

    अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

    सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरुलगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार