काठमाडौं । तीनदिने नेपाल भ्रमणका लागि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन अलफोर्ड मंगलबार काठमाडौं आउँदै छन् ।
एमसीसीको ५० करोड अमेरिकी डलर सहयोगमा नेपालमा सञ्चालन हुने आयोजनाको बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयन सुरु गरिँदै छ । सोही कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
नेपाल र एमसीसीबीच ०७४ भदौ २९ गते सम्झौता भएको थियो । एमसीसीले नेपालका सडकको मर्मतसम्भार, सुधार र विद्युत् प्रसारणलाइनको विकासमा ५० करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार ती आयोजना सम्पन्न गर्न नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।
एमसीसी सम्झौता पाँच वर्षको रहेको छ । उक्त अवधिमा सम्झौतामा तोकिएका कार्य सम्पन्न गर्नुपर्नेछ ।
यहाँ रहँदा एमसीसी उपाध्यक्ष अलफोर्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend