Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले भने- तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन


    मंगलबार, भाद्र १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । अनेकौँ कुप्रचार भए पनि दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।

    मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । विभिन्न प्रकरणलाई निष्कर्षमा पुर्‍याइने उनको भनाइ छ ।

    “नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ,” उनले भने, “हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।”

    माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तनको आधार तयार पार्न सकिने उनले उल्लेख गरे । माओवादीको रूपान्तरण अनिवार्य भएकामा उनले जोड दिए ।

    “देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुआत गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ,” उनले भने, “जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुआत गर्नेछ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार