Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चाको आज बुटवलमा सभा, प्रचण्ड-नेपाल-विप्लव र यादवले सम्बोधन गर्ने


    मंगलबार, भाद्र १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। समाजवादी मोर्चाले आज बुटवलमा गर्न लागेको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभामा उनीहरुले सम्बोधन गर्ने भएका हुन् ।

    सो सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा भएकाले यहाँ राज किशोर आउन लागेका हुन् । नेताहरूका अनुसार माधव नेपाल र राज किशोर यादव बिहान १० बजे आउने छन् भने प्रचण्ड १ बजे मात्रै आउने कार्यक्रम छ । विप्लव भने पहिले नै आउने कार्यक्रम छ । सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेश प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार