Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ९ किलो सुन तस्करी प्रकरण: महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने


    सोमबार, भाद्र ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान हुने केन्दीय अनुसन्धान ब्युरो (सीआईबी)ले बताएको छ ।

    महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै प्रहरीको अनुसन्धान माथिनै प्रश्न उठेको थियो । ९ किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको थियो ।

    महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सीआईबीको अनुसन्धानबाट देखिएपनि उनीहरूमाथि अनुसन्धान नै नगरी २७ असारमा प्रतिवेदन बुझाएको थियो ।

    सो प्रतिवेदनको आधारमा भेपको सुन चोरी प्रकरणमा जोडिएका ९ जना पुर्पक्षको लागि थुनामा छन् ।

    सरकारी वकिल कार्यालयले महराको बाबुछोरामाथि समेत अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको खुलेको छ । कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले किटान गरेर प्रतिवेदन बुझाएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार भेपमार्फत भएको तस्करीको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको बताए ।

    त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् ।

    सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भने ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानकै विषयमा रहेको प्रतिक्रिया दिइन् ।

    सीआईबी स्रोतले भने भेपमार्फत भएको तस्करीको अनुसन्धान निरन्तर रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार