बैतडी। आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाएकी दार्चुलाकी एक जना महिलाको मृत्यु भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आइतबार शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन्।
सुनाले आइतबार बिहान ११ बजेतिर आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर उनलाई छिमिकीले देखेपछि उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए।
साउदको घुँडाभन्दा माथिको भाग जलेकाले अवस्था गम्भीर भएको भन्दै गोकुलेश्वर अस्पतालले अन्त रेफर गरेको थियो। आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
‘उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्दा आइतबार राति नै उनको मृत्यु भएको हो,’ प्रहरी प्रवक्ता सिंहले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। परिवारका सदस्यसँग हिजो (आइतबार) नै सोधपुक्ष गरिएको छ।’
मृतक सुनाको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। सुनाले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुलेको छैन।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend