Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माइतीघरमा नागरिकताविहीन एक युवकले गरे आत्मदाह प्रयास


    मंगलबार, जेष्ठ ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन्। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि ती युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

    उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छ। तर, ती युवकको परिचय नखुलेको बताइएको छ ।

    सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार