पदार्थको अन्तरनिहीत गुण धर्म हो । जस्तो पानीको गुण तरलता हो । हाइड्रोजन र अक्सिजनको अणु पानीको सत्ता हो । पदार्थमा गुण र सत्ता अभेद्य छन् । पानीको धर्म शितलता हो ।
सबै पदार्थको कठोर गुण र धर्म हुन्छ । विज्ञानले पदार्थलाई जति टुक्रा र मिश्रण गरेपनि यसको गुण यथावत हुन्छ । आफूले दिने धर्म पदार्थले सबै अवस्थामा त्याग गर्दैन । पदार्थ आफ्नो गुण र धर्ममा स्थित हुँदा आफ्नो सत्तामा हुन्छ । प्रकृति र चेतनाको अवस्थामा यो स्वयम्भू छ । मान्छेको बुद्धि र विवेकले यही स्वयम्भूलाई ईश्वर मान्छ । पदार्थमा ईश्वरको सत्ता पूर्वीय दर्शनको अद्वैत बेदान्त हो । जसलाई बुद्ध दर्शनले शून्यवाद मान्छ । यति गहिरोसम्म पदार्थको गुणवत्ता र सत्ताको आधारमा ईश्वरीय चिन्तन मान्ने धर्म अर्को छैन ।
पाश्चात्य दर्शनले पदार्थको सत्तालाई अस्तित्व मान्छ । ईश्वर मान्दैन । विज्ञानले उर्जाभित्रको सत्ता अभेद्य मान्छ । ऊर्जाको आफ्नै नियम छ । जुन नियमलाई पूर्वीय दर्शन र बुद्ध दर्शनले ईश्वर भन्छ । यही फरकले बिज्ञान र अध्यात्म सधैंभरी आफ्नै मतको खोजीमा हुन्छन् ।
पदार्थमा धर्मको अनुशासन कठोर हुन्छ । हिन्दुधर्ममा यसलाई ईश्वर प्राप्तिको माध्यम मानिन्छ । स्वयम् पदार्थ आफूमा स्थित भएपछि ईश्वर बन्छ । यही भावलाई गीता, उपनिषद, पुराण, बाइबलमा ईश्वरको नाम दिइएको छ । पदार्थको निरपेक्षमा ईश्वर छैन । पदार्थकै सत्ताभित्र ईश्वरको उपस्थिति छ । आजसम्मको दर्शन र शास्त्रले पदार्थ निरपेक्ष ईश्वरको परिकल्पना गरेको छैन ।
यही अर्थमा धर्म अनुशासन हो । प्रकृतिमा सबै अनुशासित छन् । मान्छेबाहेक कसैले आफ्नो धर्म छोडेको छैन । बाघलाई जति प्रलोभन दिए पनि घाँस खाँदैन । कुकुरले आफ्नो गुण परिवर्तन गर्दैन । उसको बानी र व्यवहार तालिमबाट परिवर्तन हुनसक्छ तर ऊ धर्ममा स्थित हुन्छ । रुख, बिरुवा ,प्राणी, ढुङ्गा, माटो, हावा, प्रकृति सबै आफ्नो अनुशासनमा स्थिर छन् । किनकि यिनमा चेतना मात्र छ ।
मान्छे यस्तो प्राणी हो जोसँग विवेक छ ।
विवेक मानिसभित्रको धर्म हो । विवेकको विभेदले धर्मलाई राजनीति, व्यापार, संस्कृति, संस्कार, र आफ्नो स्वार्थ अनुकूल जीवनपद्धति बनायो । मान्छेको यही स्वार्थले ठूला युद्ध भए । देश विभाजित भए । ठुला संस्कृतिको जन्म भयो । मानिसबीच विभेद भयो । मान्छेले प्राणीलाई आफूभन्दा फरक देख्न थाल्यो। प्राणीभित्र धर्म देख्नु मान्छेभित्रको स्वार्थ हो । आफूभित्रको धर्मलाई समाजको सापेक्षमा प्रयोग गरेर मान्छेले आफ्नो स्वार्थ पूरा गर्न थाल्यो । किनकि यहीँ डलर छ, पैसा छ, सबै थोक छ ।
पश्चिमाहरु प्राणीको विभेद गर्दैनन् । उनीहरु प्राणीलाई माया गर्छन् । प्राणीमा राजनीति गर्दैनन् । तर धर्म मान्छन् । मैले फलानो मासु खाएँ वा भोज गरेँ भनेर विज्ञापन गर्नु धर्म होइन । आफ्नो धर्मको पालना गर्नु धर्म हो । अर्काको धर्मको सम्मान गर्नु धर्म हो । भान्सामा खाएको कुरा उसको कर्म हो । यही कर्मले धर्मको निर्माण गर्दै जान्छ । पदार्थले ग्रहण गरेको कुरा उसको स्वभावमा देखिन्छ । स्वभाव उसको गुण हो । विज्ञानले मानिसको शरीरलाई पदार्थ बाहेक अरु केही मान्दैन ।
आफ्नो धर्मको पालना गर्दा छिमेकीको धर्मको इज्जत गर्नु धर्मनिरपेक्षता हो । किनकि सबै आफ्नो धर्ममा छन् । धर्मभित्र ईश्वर पाइन्छ तर यो कठोर अनुशासनमा छ । धर्म नबुझ्नेले धर्म परिवर्तन गर्छ । धर्मभित्र स्वार्थ खोज्नेले मात्र यसको विकल्प खोज्छ । किनकि धर्म परिवर्तन गरेपनि ऊ आफ्नै धर्ममा हुन्छ । उसको धर्म परिवर्तन हुँदैन । पदार्थले आफैलाई नचिने पछि ऊ छेउको शरण लिन पुग्छ । जस्तै फर्सीको बोटले थांग्रोको सहारा लिन्छ । सहारा लिनु उसको धर्म होइन, व्यवहार हो । धर्म त ऊभित्र स्वयं हुन्छ । स्वयम् पदार्थभित्र सबैथोक छ । स्वयम्भू मान्छेभित्र ईश्वर छ । ईश्वरत्व मान्छेको गुण हो । अर्को सत्ता होइन ।
धर्मभित्र राजनीति गर्ने ,पैसा कमाउने, प्रभाव पार्ने कारणले मात्र मान्छेले अर्कोको दोहनमा आफ्नो धर्म देख्छ । योभन्दा ठूलो अज्ञानता र अबिश्वास अर्को छैन । तर पूरै मान्छे किन हो यसैमा युक्त छ । अध्यात्म र विज्ञान दुबैले यसलाई स्वीकार गर्दैन ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend