Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव नेतृत्वको नेकपाले आज एमसीसीविरूद्ध प्रर्दशन गर्दै


    आइतबार, भाद्र १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी प्रर्दशन गर्ने तयारी गरेको छ । संसदबाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रर्दशन गर्न लागेको हो ।

    एमसीसी परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । १२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वय हुन नदिन चेतावनी दिएको छ ।

    ‘एमसीसी राष्ट्रघाती छ । संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी कार्यान्वयन गर्ने भनेर १२ बुँदे सम्झौता परित गरेको छ । २ वर्ष वित्न लाग्दासमेत अमेरिकाले कुनै धारणा सार्वजनिक गरेको छैन’, नेकपाका नेता, ‘अनिल शर्मा विरहीले भने, ‘कम्तिमा पनि १२ बुँदे सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन हुन दिँदैनौं ।’

    विरहीले बिहान ११ बजे एसीए नेपालको कार्यालय घेराउ गर्ने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार