काठमाडौँ। भारतको तमिलनाडुमा एक रेलमा आगलागी भएको छ। उक्त रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनका लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए ।
मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर दूरीमा रोकिएको उक्त रेलमा आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend