काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको आरोप लगाएका छन् । आज पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा एमालेप्रति लक्षित गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
उनले दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाए । ‘तपाईहरूलाई थाहै छ । म सिराहबाट दोस्रोपटक निर्वाचित भएपछि दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ’, उनले भने, ‘मधेशको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याएको थिएँ । तर पटक पटक संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले संशोधन हुन दिएनन् ।’
जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको उनले जिकिर गरे । ‘समाजवादी मोर्चामा जनयुद्धको कमाण्डर रहेको व्यक्तिले सरकारको नेतृत्व गरेको छ । पटक पटक जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्ति सरकारमा र मोर्चामा छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend