Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनसमक्ष तातोपानी र मानसरोवरको कुरा उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता


    शुक्रबार, भाद्र ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा नेपाल/चीनबीचको व्यापारिक तातोपानी नाका पूर्णरूपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोवर पर्यटकीय मार्गका लागि राजनीतिक र कूटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर आज लबिहान बालुवाटार पुगेको सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता गरेका हुन् ।

    प्रधानमन्त्रीले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । सिन्धुपाल्चोकका जनप्रतिनिधि, तातोपानी क्षेत्रका व्यवसायीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको बताए ।

    सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष रामहरी कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटा, महासचिव कृष्ण क्षेत्री, तातोपानी पर्यटन व्ययसायी संघका शेरबहादुर मगर, भूपेन्द्र भण्डारी, ध्रुव थापालगायत बालुवाटार पुगेका थिए ।

    सांसद सापकोटा नेतृत्वको सो टोलीले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार