Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसर्पण


    शुक्रबार, भाद्र ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेका हुन् ।

    औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बताइएको छ । ट्रम्पको जेलबाट आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

    अमेरिकी मिडियाका अनुसार सन् यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध थुप्रै आरोप लगाएका थिए । जो बाइडेनमार्फत् पाएको पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ । ट्रम्पले अदालत वा सङ्घीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो । यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीन पटक आत्मसमर्पण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार