Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री शाहले भने- गौरा पर्वले सामाजिक सद्भाव सुदृढ गर्छ


    बिहिबार, भाद्र ७ २०८०
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने दाबी गरेका छन् ।

    आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उनले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।

    गौरा पर्वमा महिलाले निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् ।

    जारी सन्देशमा भनिएको छ, ‘गौरा पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने र इष्ट कुल देवता प्रसन्न हुने जनविश्वास रहेको छ ।’ गौरा पर्वका अवसरमा प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार