Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ललिता निवास प्रकरणमा १८ अर्बभन्दा बढी बिगो कायम


    मंगलबार, भाद्र ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ । संगठित रुपमा जग्गा घोटाला गर्नेहरुविरुद्ध १८ अर्बबढी बिगो कायम गरेर वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

    आज प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ ।

    जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।

    बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार