काठमाडौँ। उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा एक नर्सले सात नवजात शिशुको हत्या गरेको पुष्टी भएको छ । म्यानचेस्टर क्राउन कोर्टको एक निर्णायकले लुसीलाई सात नवजात शिशुको हत्यामा दोषी ठहर गरेको छ।
अब सोमबार यस अदालतमा सजाय सुनाइनेछ। जूरीले पूर्व नर्सलाई कुल १३ नवजात शिशुहरूमा हत्यारा आक्रमण गरेकोमा दोषीको रुपमा मुद्दा दर्ता गरिएको थियो। तरपछि यो खुल्यो कि उनको आक्रमणमा सात नवजात शिशुहरू मारिएका थिए भने जबकी ६ बच्चाहरूलाई उद्धार गरिएको थियो।
उनलाई यो दोषी करार गराउनका लागि एक भारतीय मुलका डाक्टरले सहयोग गरेका थिए। अदालतको सो आदेशपछि जयरामले अन्तर्वार्ता दिएका थिए, बाँचेकामध्ये अहिले विद्यालय जान सक्ने अवस्थामा पुगेका तर जान नपाएका चार–पाँचजना छन् भन्ने मेरो विश्वास रहेको उनले बताए।
उनका अनुसार ती नर्सले सन् २०१५ देखि २०१६ को बीचमा ७ नवजात शिशुको हत्या गरेको बताएका छन्। पहिलो पटक तीनवटा नवजात शिशुको मृत्यु भएपछि चिन्ता व्यक्त गरिएको थियो। यस सम्बन्धमा विज्ञहरुसँग पटक पटक बैठक बसेकोसमेत थियो। २०१७ मा राष्ट्रिय स्वास्थ्य सेवा ट्रस्टले डाक्टरहरूले प्रहरीलाई भेटेर निरन्तर बच्चाको अस्वभाविक मृत्यु भइरहेको जानकारी दिएको पनि उनले बताए।
त्यसको १० मिनेटपछि प्रहरीले कुरा बुझ्यो। त्यसपछि अनुसन्धान सुरु भयो, जसले लेटबीलाई पक्राउ गर्यो। प्रहरीका अनुसार पूर्व नर्सले नवजात शिशुलाई दूध खुवाएर, पेटमा रगत र ग्यास भरेर आक्रमण गर्ने गरेको थिइन्। उनले बालबालिकालाई इन्सुलिनको विष खुवाएकी थिइन्।
विदेशी सञ्चारमाध्यमका अनुसार खोजीका क्रममा प्रहरीले पूर्व नर्सको घरबाट एउटा नोट फेला पारेको थियो जसमा लेखिएको थियो, ‘म राक्षस हुँ, म बाँच्न लायक छैन।’ त्यसपछि आजकाल बेलायतमा ती नर्सलाई लन्डनमा सबैभन्दा खतरनाक बेबी सिरियल किलर मानिन्छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend