काठमाडौँ। उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा एक नर्सले सात नवजात शिशुको हत्या गरेको पुष्टी भएको छ । म्यानचेस्टर क्राउन कोर्टको एक निर्णायकले लुसीलाई सात नवजात शिशुको हत्यामा दोषी ठहर गरेको छ।
अब सोमबार यस अदालतमा सजाय सुनाइनेछ। जूरीले पूर्व नर्सलाई कुल १३ नवजात शिशुहरूमा हत्यारा आक्रमण गरेकोमा दोषीको रुपमा मुद्दा दर्ता गरिएको थियो। तरपछि यो खुल्यो कि उनको आक्रमणमा सात नवजात शिशुहरू मारिएका थिए भने जबकी ६ बच्चाहरूलाई उद्धार गरिएको थियो।
उनलाई यो दोषी करार गराउनका लागि एक भारतीय मुलका डाक्टरले सहयोग गरेका थिए। अदालतको सो आदेशपछि जयरामले अन्तर्वार्ता दिएका थिए, बाँचेकामध्ये अहिले विद्यालय जान सक्ने अवस्थामा पुगेका तर जान नपाएका चार–पाँचजना छन् भन्ने मेरो विश्वास रहेको उनले बताए।
उनका अनुसार ती नर्सले सन् २०१५ देखि २०१६ को बीचमा ७ नवजात शिशुको हत्या गरेको बताएका छन्। पहिलो पटक तीनवटा नवजात शिशुको मृत्यु भएपछि चिन्ता व्यक्त गरिएको थियो। यस सम्बन्धमा विज्ञहरुसँग पटक पटक बैठक बसेकोसमेत थियो। २०१७ मा राष्ट्रिय स्वास्थ्य सेवा ट्रस्टले डाक्टरहरूले प्रहरीलाई भेटेर निरन्तर बच्चाको अस्वभाविक मृत्यु भइरहेको जानकारी दिएको पनि उनले बताए।
त्यसको १० मिनेटपछि प्रहरीले कुरा बुझ्यो। त्यसपछि अनुसन्धान सुरु भयो, जसले लेटबीलाई पक्राउ गर्यो। प्रहरीका अनुसार पूर्व नर्सले नवजात शिशुलाई दूध खुवाएर, पेटमा रगत र ग्यास भरेर आक्रमण गर्ने गरेको थिइन्। उनले बालबालिकालाई इन्सुलिनको विष खुवाएकी थिइन्।
विदेशी सञ्चारमाध्यमका अनुसार खोजीका क्रममा प्रहरीले पूर्व नर्सको घरबाट एउटा नोट फेला पारेको थियो जसमा लेखिएको थियो, ‘म राक्षस हुँ, म बाँच्न लायक छैन।’ त्यसपछि आजकाल बेलायतमा ती नर्सलाई लन्डनमा सबैभन्दा खतरनाक बेबी सिरियल किलर मानिन्छ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend