Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा


    शुक्रबार, भाद्र १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कर्णाली सरकारले आगामी भदौ ४ गते सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशको स्थापना, शहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा शहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा शहिद दिवस समेत मनाइने जनाएको छ ।

    कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

    सोमबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने छ । भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक विदा दिने २० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार